फोटोग्राफरलाई प्रशिक्षण

बुटवल । रुपन्देहीमा क्रियाशील फोटो ग्राफरहरुलाई नयाँ प्रविधिबारे जानकार गराउने उद्देश्यले प्रशिक्षण दिइएको छ । फोटोग्राफर सम्बन्धी नयां सफ्टवयरको प्रयोगमा दक्ष बनाउनका लागि फोटो ग्राफरहरुका लागि प्रशिक्षणको आयोजना गरिएको हो ।

लुम्बिनी भिडियो ग्राफी एण्ड मिक्सिङ संघले आयोजना गरेको प्रशिक्षणमा रुपन्देहीका ४५ जना फोटो ग्राफरको सहभागिता रहेको थियो ।

लुम्बिनी भिडियो ग्राफी एण्ड मिक्सिङ संघका अध्यक्ष दीपक कार्कीले नयां-नयां प्रविधिको प्रयोगबाट फोटो र भिडियो सम्पादन गरेर व्यवसायलाई आधुकिकरण गर्ने संघको उद्देश्य अनुसार प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए।

सेवामुखि व्यवसायलाई मर्यादित र व्यवस्थित गर्नका लागि पनि नयां-नयां प्रविधिहरुलाई प्रयोगमा ल्याउनु पर्ने फोटो ग्राफरहरुले बताएका छन।

एक दिने प्रशिक्षणले पनि नयां प्रविधिको प्रयोग गर्नमा ठूलो सहयोग पुग्ने उनीहरुले बताए । नेपाल फिल्मी उद्योगका प्राविधिक श्रीकष्ण श्रेष्ठले प्रशिक्षण दिएका हुन।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस