प्रशासन कार्यालयको मोबाइल एप्स सञ्चालन

पाल्पा । मोबाइल एप्स पाल्पा जिल्ला प्रशासन कार्यालयले सञ्चालनमा ल्याएको छ ।

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले सेवाग्राही तथा सरोकारवालालाई सेवा तथा जानकारी लिन सहज बनाउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याइएको बताए । त्यसका लागि रु एक लाख ४३ हजार ५१० खर्च भएको थियो ।

 सूचना अधिकारी हुमबहादुर पाण्डेले उक्त एप्समा जिल्लाको सामान्य जानकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको विवरण, नागरिक बडापत्र, कार्यालय प्रमुखको बैठक तथा निर्णय, मासिक प्रगति विवरण, अनुगमनका विवरणलगायत सेवाबारे सेवाग्राही तथा सरोकारवाला निकायले जानकारी लिनसक्न व्यवस्था गरिएको बताए।

त्यसैगरी जिल्लास्थित सरकारी कार्यालयको विवरण (कार्यालयका प्रमुख, तथा उपप्रमुख, गुनासा सुन्ने अधिकारी र सूचना अधिकारी) सेवाग्राही तथा सरोकारवालाले सेवा प्राप्तिका लागि दिनुपर्ने व्यक्तिगत निवदेनका नमूना फारम (आदिवासी जनजाति, दलित, मधेशी, खस, आदि) एप्समा छन ।

नाता प्रमाणित, नागरिकताको प्रतिलिपि प्राप्त गर्ने, नयाँ राहदानी उपलब्ध गराउन तथा द्रुत राहदानी उपलब्ध गराउन, पतिको नामथर वतन कायम गरी प्रतिलिपि प्राप्त गर्न,नागरिकता प्रमाणपत्रको अभिलेख प्रमाणितलगायत विवरण पनि एप्समा समावेश गरिएको उनले जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस