संसारभर जिमेलमा समस्या

बुटवल । संसारभर गुगलको जिमेलमा समस्या देखिएको छ। संसारभरका जिमेल प्रयोगकर्ताले आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन।

जिमेलमा आएको समस्याका कारण कठिनाई भइरहेको उनीहरुले बताएका छन । गुगलको जिसुट स्टाटस ड्यासबोर्डमा मंगलबार राति ११ः३८ मा पोष्ट भएको एउटा मेसेजमा ‘जिमेलको सेवा अवरोध’ भइरहेको जानकरी दिएको छ। ‘हामी जिमेलको समस्याबारे अनुसन्धान गरिरहेका छौं,’ उक्त मेसेजमा भनिएको छ। ‘हामी यसबारे थप जानकारी चाँडै नै दिनेछौं।’

प्रयोगकर्ताको जिमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ। डाउनलोड एवं फरवार्ड केही गर्न मिलिरहेको छैन। जिमेलले गुगल मेल र गुगल ड्राइभमा अस्थायी समस्या आएको जनाएको छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस