समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौँ ।  सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगको शुक्रबार  भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो ।

समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् ।

समाजवादी पार्टीसँगै अब निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३१ पुगेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस