नेकपाद्धारा शोकसभा

तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पुराना कार्यकर्ता स्वर्गीय जंगबहादुर थारुको स्मृतीमा बिहीबार शोकसभा सम्पन्न भएको छ ।

नेकपा तिलोत्तमा–१६ बिहुली गाउँकमिटीको आयोजनामा शोकसभा गरिएको हो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद दधिराम न्यौपानेले पार्टीलाई यो अवस्थासम्म ल्याइपुर्याउन स्वर्गीय गुरुङको योगदान महत्वपूर्ण रहेको बताए ।

नेकपा बिहुली गाउँकमिटीका अध्यक्ष भीमलाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य एवं क्षेत्र नम्बर १ का इन्चार्ज गोपाल भट्टराई, तिलोत्तमा नगर अध्यक्ष एवं जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईं, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, पार्टी नेताहरु कृष्ण नेपाल, लेखनाथ पाण्डे, बिन्दु प्रसाद चौधरी, केशव चौधरीलगायतले स्वर्गीय गुरुङले पार्टी काममा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

पुर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका नेताहरु जेल ब्रेक गर्दा गुरुङको घरमा बसेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस