गाउँपालिका अध्यक्षको पत्नीको भागमा अनुदान भन्ने समाचार निराधार

बुटवल । एक अनलाइनमा असार २४ गते प्रकाशित भएको “किसानले पाउनुपर्ने अनुदान गाउँपालिका अध्यक्षको पत्नीका भागमा“ भन्ने समाचार निराधार भएको रुपन्देहीको ओमसतिया गाउपालिकाका अध्यक्ष हिरा केवटले जानकारी दिएका छन् ।

कृषक तथा उद्यमीहरूलाई दिइने अनुदान रकम स्थानीय तहले प्रदेशको सिफारिसमा गाउपालिकाबाटै किसानलाई दीने भएकोले यो रकम किसान जो कसैले पाउने उनको भनाइ छ । प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषक तथा उद्यमीलाई व्यवसायको सम्भाव्यताका आधारमा अनुदान दिन सुरू गरेको थियो।

रुपन्देहीको ओमसतिया गाउँपालिकामा किसानहरुले दिएको निबेदनको आधारमा गाउपालिकाको बैठकबाट निर्णय गरि सो अनुदान रकम दिईएको अध्यक्ष हिरा केवटले बताएका छन् ।

भगवती कुमारी थरुनीका नाममा रहेको ओमसतिया पशुपालन फर्मलाइ प्रदेश सरकार र गाउँपालिकाबाट किसानहरूका लागि दिइने अनुदान रकम दिईएको उनले बताए। गाउपालिकाले वैशाख २३ गते उक्त फर्मलाई ४ लाख ७५ हजार र मन्त्रालयबाट प्राप्त हुने १५ लाखसहित कुल १९ लाख ९५ हजार अनुदान दिने निर्णय गरको हो ।

किसानको मागमा आधारित अनुदान कार्यक्रमको योजना मन्त्रालयको हो। यसमा किसान छनौट र प्रस्ताव स्वीकृत गर्ने अधिकार भने मन्त्रालयले सम्बन्धित पालिकालाई नै दिएको छ। अहिले मात्रै नभएर धेरै बर्ष अघि देखि कृषि, पशुपालन र माछापालन गर्दै आएकी भगवती कुमारी थरुनी लाई पशुपालन फर्मका लागि अनुदान रकम दिइएको उनको भनाइ छ।

बिगत ९ बर्ष देखि ५ बिगाहा क्षेत्रफलभित्र संचालनमा आएको ओमसतिया पशुपालन फर्मबाट पेस भएको निवेदनमा प्रदेशको सिफारिसलाइ गाउपालिका बैठकमा राखी अध्यक्ष केवटले पशुपालन फर्म र माछापालन फर्मको प्रस्ताव स्वीकृत गरिएको बताएका छन्।

अध्यक्ष केवटले आफू जनप्रतिनिधि हुनुअघि नै यस क्षेत्रमै किसान पेशा गर्दै आएको जिकिर गर्दै, आफु गाउपालिकामा निर्बा्चित भएपछी पनि आफु किसान समेत रहेको बताए । राजनीति संगै कृषि पशुपालन र माछापालन व्यवसाय गर्दै आएका केवट किसानहरूको प्रेरणाका लागि पनि आफैंले खेती गरेको र त्यसको अनुदान निश्पक्ष ढंगले बितरण गरेको बताउछन।’

सो अनलाइनमा असार २४ गते प्रकाशित समाचार प्रति दुखेसो पोख्दै केवटले गाउपालिकाको नीति र नियम बिपरित आफ्नो स्थानिय मिडियामा बिज्ञापनमा सम्झौता गर्न आएका सो अनलाइनका रिपोर्टरले गाउपालिकाले सम्झौता नगरेको प्रति प्रतिशोधको भावना राख्दै सो समाचार लेखेको उनको भनाइ छ ।

उनि भन्छन “हामी सबै मिडियालाई उत्तिकै प्राथमिकताका साथ् बराबर सुचना दिन्छौ तर एउतै मिडियालाई सबै रकम दिन हाम्रो नीतिले दिदैन, यस प्रति पत्रकार महासंघ जिल्ला कार्यालय रुपन्देही र प्रदेश नम्बर ५ को समेत ध्यानाकर्षण गराउछु । “

साथै किसानले गरेको प्रेरणादायी खबरलाइ प्राथमिकतामा राखी नियम संगत भएको कुरालाई सकारात्मक समाचारको बाटो अपनाउन उनले सुझाव समेत दिए । २५ गते प्रकाशित अध्यक्ष हिरा केवटद्वारा हस्ताक्षरित बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस