प्रधानमन्त्री ओली हिलो रेड कार्पेट माथि

काठमाडौँ  ।  त्रिभुवन विश्वविद्यालयले आज बुधबार ६० औं वार्षिक उत्सव मनाएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न रहेको छ ।

प्रधानमन्त्री ओलीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गर्नुभयो ।

लगातार हिजोदेखि पानी परिरहेको हुनाले उद्घाटन गर्न जाने ठाउँ हिलै हिलो थियो । त्यही हिलो बाटो माथि रातो कार्पेट ओच्छ्याइएको थियो ।

प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुग्नुभएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस