सर्लाहीको घटनाबारे चित्त नबुझेको भन्दै सांसद अवरुद्ध

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल संसद अवरुद्ध गरेका छन् ।

सर्लाहीमा दोहोरो भिडन्तमा पारी मृत्यु भएको भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु प्रकरण र प्रहरीसँग झडप हुँदा सरोजनारायण यादवको मृत्यु भएको विषयलाई लिएर दुवै दलले सरकारसँग जवाफ माग गरेका थिए ।

मंगलबार कांग्रेस र राजपाले उठाएका प्रश्नको जवाफ गृहमन्त्रीले दिए पनि उहाँको जवाफ प्रष्ट नभएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरे ।

जवाफमा सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएसंगै प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि संसद स्थगित गरिएको हो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस