सञ्चारमन्त्रीको राजीनामा माग : सांसद मानन्धर

काठमाडौँ । नेकपाका सांसद मानन्धरले सञ्चारमन्त्रीको राजीनामा माग्नु भएको छ । सत्तारूढ नेकपाका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवादको संज्ञा दिएकामा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्नुभएको थियो ।

काठमाडौं क्षेत्र नम्बर–७ का सांसद मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडिएकामा कडा आपत्ति जनाउनु भयो ।

‘सरकारका प्रवक्ताले गुठीलाई सामन्तवादको संज्ञा दिनुभएको छ । कि सार्वजनिक रूपमा माफी माग्दै त्यो कुरा फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस्,’ रिपोर्टर्स क्लबद्वारा राजधानीमा शनिबार अयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘सरकारकार प्रवक्ता भएर यस्तो कुरा गर्नुहुन्छ भने, राजीनामा बाहेक अर्को उपाए हुँदैन ।’

मानन्धरले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका राजधानीवासीलाई सान्त्वना दिनुपर्नेमा आगोमा घिउ थप्ने काम गरेको भन्दै गुठियारलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीको दिनगन्ती सुरु हुने बताउनु भयो ।

मानन्धरले प्रधानमन्त्री केपी ओली युरोपबाट फर्केपछि विधेयक फिर्ता लिन दबाब दिने उल्लेख गर्दै फिर्ता नभए राजधानीमा आन्दोलनको समेत आँधीबेहरी सुरु हुनेचेतावनी दिनुभयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस