नेपाल दलित विद्यार्थी संघको केन्द्रीय उपाध्यक्षमा विक

काठमाडौं । नेपाल दलित विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको पुर्नगठन गरिएको छ ।

आज नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा सफतग्रहण , पदस्थापना तथा बधाई कार्यक्रम समेत गरिएको छ । जसको उपाध्यक्षमा ५ नं.प्रदेश दाङ बाट खेमराज विक र्निविरोध चयन हुनुभएको छ ।

नेपाल दलित विद्यार्थी संघको अध्यक्ष राजु सुनारको अध्यक्षतामा पुर्वमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माको प्रमुख आतिथ्य एंव नेवि संघको निवर्तमान केन्द्रिय अध्यक्ष नैनसिंह महरको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।

पुर्नगठनमा राजु सुनारको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति निमार्ण गरिएको छ । त्यस्तै केन्द्रिय उपाध्यक्षमा खेमराज विक र्निविरोध चयन हुनुभएको हो ।

विक नेपाली काग्रेसका सक्रिय कार्यकर्ता हुनुहुन्छ । नेवि संघको राजनितीबाट राजनैती गर्दै आउनु भएका विक हाल दलित संघ दाङका सहसचिव समेत हुनुहुन्छ ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस