जीवितमा निन्द्रा र मृत्युपछि प्रशंसा गर्ने परिपाटीको अन्त्य गर्न जोड

तिलोत्तमा । मानिसलाई जीवित रहँदासम्म निन्द्रा र मृत्युपछि मात्र प्रशंसा गर्ने गलत परिपाटीको सबै मिलेर अन्त्य गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा १७ नं. वडा कमिटीको आयोजनामा मंगलबार गंगोलियामा सम्पन्न स्वर्गीय पूर्णचन्द्र बश्यालको श्रद्धान्जली सभामा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

वडा कमिटी अध्यक्ष पशुपती बश्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश पाँचका प्रदेश सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य दधिराम न्यौपाने, जिल्ला कमिटी सदस्यहरु मोहन चापागाई, लक्ष्मण खनाल, हिमाल पाण्डे, एकदेव बस्याल लगायतका वक्ताहरुले बस्यालको निधनमा श्रद्धान्जली व्यक्त गर्नु भयो ।

उहाँले पार्टी र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । सोही टोलीले तिलोत्तमा–१७ कै स्वर्गीय निम प्रसाद भूसालको घरमा गई शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको थियो । ८६ बर्षिय भूषालको जेठ ७ गते र ६१ बर्षिय बश्यालको जेठ ८गते निधन भएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस