विप्लवलाई मूलधारको राजनीतिमा ल्याउने : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव नेतृत्वको नेकपालाई वार्ताद्वारा मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व रहेको बताउनु भएको छ ।

आज राजधानीमा घटेको बम विस्फोटबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले वार्तामार्फत विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताउनु भयो ।

विप्लव नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिहरुलाई नियन्त्रण गर्न सरकार लागिपरेको गृहमन्त्री थापाले बताउनु भयो ।

यस्तै उनले राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै संलग्नता र विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको बताउनु भयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस