प्रचण्ड भन्छन पुरानो मान्यता बोक्ने नेताले राष्ट्रलाई योगदान दिन सकेनन्

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिएका छन् ।

अध्यक्ष दाहालले मदन भण्डारीको तत्कालीन अवस्थाका पुराना कुरालाई नदोहो(याई नयाँ परिस्थितिको विश्लेषण गरेर, नयाँ चुनौतीको सामना गरेर अघि बढेको उल्लेख गर्दै अब पार्टीले पनि अहिलेको चुनौतीलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने आवश्यक्ता रहेको बताए ।

२६ औं मदन–आश्रित स्मृति दिवस तथा दुई पार्टीबीच एकता भएको वर्ष दिन पुरा भएको अवसरमा शुक्रबार काठमाडौंको मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले भने, ुमदन भण्डारीले जे–जे भन्नु भयो, त्यही कुरालाई दोहोयाई राख्ने कि नयाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय चुनौतीहरुको सामना गरेर अघि बढने रुु उनले पुरानै मान्यतालाई छोडन नसक्ने केही पुराना कम्युनिस्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्कोसमेत योगदान गर्न नसकेको दावी गरे । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस