नेपाली काँग्रेसद्धारा ‘काँग्रेस मेला’ आयोजना गरीदै

ललितपुर । नेपाली काँग्रेसले वैशाख २५ देखि सुरुहुने ‘राष्ट्रिय जागरण’ लाई प्रभावकारी बनाउन सातै प्रदेशमा जनप्रतिनिधिलाई प्रशिक्षण र ‘काँग्रेस मेला’ आयोजना गर्ने भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १२ वटा कार्यक्रम सार्वजनिक गर्दै सो खाका बाहिर ल्याएको हो । मेलामा काँग्रेसको इतिहास, संस्थापक नेताहरूको तस्बिर, ऐतिहासिक तस्बिर, पुस्तकहरू तथा अन्य दस्तावेज राखिने छन् । मेला काँग्रेसजनका लागि उत्सव मेलाजस्तै हुने पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले बताए ।

संयोजक निधिले कांग्रेसद्वारा घोषित राष्ट्रिय जागरण कार्यक्रमलाई पूर्णरूपमा सफल पार्न र यसकालागि सहयोग पुग्नेगरी प्रतिष्ठानका कार्यक्रमहरू समन्वयात्मक रूपमा सञ्चालन गर्न लागेको बताए । ।

प्रतिष्ठानका अनुसार, संघीय संसद् ९प्रतिनिधि सभा र राष्ट्रिय सभा० मा रहेका काँग्रेसका सांसद्का लागि संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र पार्टीका महाधिवेशन प्रतिनिधिहरूको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गरीनेछ ।

सातवटै प्रदेशका पार्टीका प्रदेश सभा सदस्यहरूका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, काँग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गर्ने जानकारी पनि संयोजक निधिले दिए ।

यसैगरी, पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ संस्थालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने गराउने, विदेशस्थित जनसम्पर्क समितिहरूमा आवद्ध व्यक्तिलाई प्रशिक्षणको कार्यक्रम आयोजना गरेको बताए ।

प्रतिष्ठानले संघ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काँग्रेस मेला’ को आयोजना गर्ने तथा समसामयिक राष्ट्रिय विषयमा विचार–गोष्ठी, छलफल, बहस, अन्तरक्रिया र अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले दिए ।

कांग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काँग्रेसको इतिहासको जानकारी दिन र काँग्रेसमा नयाँ पुस्तालाई आकर्षित गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थी र १९ वर्षदेखि २८ वर्षसम्मका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गरीने भएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस