‘समय सापेक्ष संविधान संशोधन हुन्छ’

काठमाडौ । संविधान गतिशील दस्तावेज भएकोले त्यसलाई समय सापेक्ष संशोधन गर्न सकिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए ।

मङ्गलबार प्रचण्ड निवास खुमलटारमामा प्रदेश नम्बर २ मा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताए ।

सबैैतिर जनताले विकासको अनुभूति गरुन् भन्ने चाहना आफूहरुको रहेको भन्दै मधेश क्षेत्रमा बिशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

उनले मधेसमा सरकार मधेसी जनताको हित अनुकुल नचलेको बताए । ‘तराई मधेसमा कम्युनिष्ट नेतृत्वकै सरकार बने मात्र त्यहाँको जनताको हितमा हुन्छ,’ अध्यक्ष दाहालले भने ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस