सरकारसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन

काठमाडौं । सरकारसँग वार्ता गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

राप्रपाले वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापासहितको तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।सरकारको पहलकदमीलाई राप्रपाले सकारात्मक रुपमा लिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राप्रपालाई पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा बस्न आग्रह गरेका थिए ।

सरकार र राप्रपाबीच भोलि (मंगलबार) दिउँसो १ बजे सिंहदरबारमा वार्ता हुनेछ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस