नेकपाको स्थापना दिवस पाल्पामा मनाइदैं

पाल्पा । नेकपा पाल्पाले पार्टी कार्यालयमा नेपाल कम्प्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा लेलिन जयन्ती पनि मनाएको छ ।

नेपाल कम्प्युनिष्ट पार्टीको इतिहास, वर्तमान र अगामी कार्यदिशाका बारेमा चर्चा गरिएको छ । पार्टी एकता प्रक्रियापछि उत्साहित बनेको नेकपाले समृद्ध मुलुक र सुखी नेपालीको सार्थक बनाउन आफ्ना पार्टी कार्यकर्ताहरु प्रतिवद्ध भइ लाग्ने बताएका छन ।

कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर ५ का साँसद तुलाराम घर्ती बसन्तले पार्टी एकतामा भएका टुसहरुलाई अन्त्य गरी पार्टीलाइ मजबुत र मुलुकलाइ समृद्ध बनाउन लाग्नुपर्ने बताउनुभयो ।

नेकपा नेता राधाकृष्ण कडेल, नेपाल पत्रकार महासँघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगायतले एकता प्रक्रियाले पार्टी बलियो बनेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका पाल्पाका सचिवालय सदस्य नेत्र पाण्डेयको स्वागतबाट सुरु भएको कार्यक्रमको नेकपा पाल्पाका अध्यक्ष नारायण आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन राजेन्द्र विश्वकर्माले गरेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस