‘पार्टी कमजोर हुनुमा व्यक्ति दोषी’

पोखरा । पार्टी कमजोर हुनुमा व्यक्ति दोषी भएको कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले बताएकी छन ।

सबै एकजुट भएर सामुहिक प्रयास नगरी पार्टी बलियो नहुने उनले बताइन । प्रेस युनियनद्वारा पोखरामा आयोजित कार्यक्रममा उनले एउटा चुनाव हार्दैमा मनोवल कमजोर बनाउन नहुने उल्लेख गर्दै देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको संगठन विस्तार गर्नुपर्नेमा जोड दिइन ।

पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले वर्तमान सरकार सहकार्य नगरी एक्लै अघि बढ्न खोज्दा सफल बन्न नसकेको बताइन । -रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस