‘सरकार दुई तिहाईको छ तर मुलुकमा भ्रष्टाचारको बिगबिगी भयो’

बुटवल ।  दुई तिहाईको बलियो सरकार हुदा पनि जताततै भ्रष्टाचारको बिगबिगी रहेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन ।

 काँग्रेस रुपन्देही क्षेत्र नम्वर ४ को क्षेत्रीय सम्मेलनको हिजो बुटवलमा उदघाटन गर्दै उनले भ्रष्टाचारको बिगबिगीले लोकतन्त्र र देशलाई नै धरापमा पार्ने होकि भन्ने चिन्ता छाएको बताए ।

उनले कम्युनिष्टको दुई तिहाई सरकारका कारण देशमा भ्रष्टाचार मौलाएको महङगी बढेको र प्रधानमन्त्रीको सुशासनको कुरा भाषणमा मात्र सिमित भएको बताए ।

वरिष्ठ नेता पौडेलले बालुवाटार जग्गा काण्डको छानबिन गर्न नेकपाका महासचिव बिष्णु पौडेललाई संसदको कठघरामा उभ्याउनु पर्ने बताए ।

बालुवाटर जग्गा काण्ड , वाइड बडी खरिद र बुढिगण्डकीमा भष्टाचार भएको भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले भष्टाचारका विरुद्ध शर्तहीन एजेण्डा तय गर्नुपर्ने बताए ।

लोकतन्त्रको नाममा नयां हिटलर जन्मने सम्भावना रहेको भन्दै नेता अर्जुननरसिंह केसीले प्रभानमन्त्री केपी ओलीको आलोचना गरे। केसीले पार्टिलाई वैचारिक र सांगठनिक रुपमा बलियो बनाउँदै सरकारका गलत कृयाकलाप विरुद्ध केन्द्रित हुनुपर्ने बताए ।

नेपाली काँग्रेसका प्रमुख सचेतक वालकृष्ण खांणले सरकार अधिनायकवादी सोचका साथ अगाडि बढिरहेको भन्दै संसदबाट त्यसको प्रतिवाद गर्ने बताए ।

नेपाली कांग्रेसको मुल्य मान्यता अनुसार संविधान बनेको र अहिलेको सरकारबाट संविधान कार्यान्वयन नहुने खतरा रहेको युवा नेता गगन थापाले बताए।

उनले मुख्यमन्त्रीहरु प्रधानमन्त्रीको कारिन्दा बन्दै गएको भन्दै अदालत, संसद र अख्तियारलाई डर देखाएर प्रधानमन्त्री ओलीले संघियता र संविधानमाथि निर्मम प्रहार गरेको बताए ।

कार्यक्रममा नेताहरु हरि नेपाल, अब्दुल रज्जाक, प्रदेश सांसद रमा अर्याल लगायतले बोल्दै देशको लोकतान्त्रि मुल्यमान्यता अडिग रहेको बताउनु भयो ।त्यस्तै महासमिति सदस्य युवराज गिरी, बुटवल उपमहानगर सभापति खेलराज पाण्डे,क्षेत्रीय उपसभापति परशुराम ढकाल, बिक्रम केसी लगायतले बोलेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस