नेविसंघको स्थापना दिवसमा हरैयामा जेब्रा क्रसिङ निर्माण

कञ्चन । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ ईकाई समिती हरैया बहुमुखी क्याम्पसले आफ्नो ५०औ स्थापना दिवसका अवसरमा कन्चन गाँउपालिकाका बिभिन्न स्थानमा जेब्राक्रसिङको निर्माण कार्य सम्पन्न गरेको छ ।

पटक-पटक दुर्घटना भईरहेको भन्दै स्थानियहरुद्वारा सुझाब आए पछि सामाजिक उत्तरदायित्व बहन गर्दै सवारी दुर्घटना न्युनीकरण गर्नको लागी जेब्रा क्रसिङको निर्माण गरिएको स्वतन्त्र विद्यार्थी युनियन,हरैया बहुमुखि क्याम्पसका स्वबियु सभापति प्रकाश पौडेलले बताएका छन।

सो जेब्रा क्रसिङ कन्चन ३ स्थित हरैया मावि , हरैया बहुमुखी क्याम्पस र कन्चन ५ स्थित लुम्विनी ज्ञाननिकेतन माविको अगाडी गरी २ स्थानमा जेब्रा क्रसिङको निर्माण गरेको हो । नेपाली कांग्रेस कञ्चन गाउकार्य समितिका संयोजक यम बहादुर क्षेत्रीले सो जेब्राक्रसिङ निर्माणको उद्घाटन गरेका थिए ।

नेविसंघ हरैया बहुमुखि इकाइ समितिको आयोजनामा ५०औ स्थापना दिवसको अवसरमा हरैया बहुमुखी क्याम्पसमा आजै एक कार्यक्रमका बीच दीप प्रज्वलन गरिएको छ ।

नेपाली काँग्रेस कन्चन संयोजक यमबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता , महाधिवेशन प्रतिनिधी लिलाकुमारी पौडेलको बिशिष्ट आतिथ्यता तथा हरैया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चुणामणि शर्माको आतिथ्यतामा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी यमबहादुर क्षेत्रीले नेपाली काँग्रेस निकट नेविसंघले हिजोको दिनमा पनि राम्रा कार्य गर्दै आएको र आज पनि राम्रा कार्य गरिरहेको बताउदै भोलीका दिनमा पनि यस्तै सकारात्मक सामाजिक कार्यमा नेविसंघ लागिरहनेमा बिश्वास ब्यक्त गर्नुभएको छ ।

यस्तै समाजप्रति जिम्मेवार बन्दै जेब्रा क्रसिङ निर्माणको कार्य गरेकोमा नेविसंघको स्रहना गर्दै समाज परिवर्तनको कार्यमा सृजनशिल भएर निरन्तर रुपमा अघि बढ्न आग्रह गरेका थिए।

यसैबिच बिशिष्ट अतिथी लिलाकुमारी पौडेलले समाजिक र रचनात्मक कार्य गर्न नेविसंघलाई पार्टीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन भने क्याम्पस प्रमुख चुणामणी शर्माले जेब्रा क्रसिङको निर्माण गरेर समाजप्रति उत्तरदायि भुमिका निर्बाह गरेको प्रति मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।

नेविसंघका सभापति एवम् स्ववियु सभापति प्रकाश उपाध्याय पौडेलको अध्यक्षता तथा नेविसंघका नेता धनपति ज्ञवाली (सन्देश)को संयोजकत्वमा सम्पन्न कार्यक्रमको सन्चालन ईकाई सहसचिव कृष्ण सापकोटाले गरेका थिए।

कार्यक्रमको समापन गर्दै नेविसंघका सभापति पौडेलले रचनात्मक कार्यक्रमको अभावले गर्दा विद्यार्थीमा राजनितिक बितृष्णा बढेको बताउदै विद्यार्थीको राजनिती अबका दिनमा सडकमा ढुङ्गामुडा लिएर उत्रिन नभई रचनात्मक एजेण्डा बोकेर अघि बढ्नेछन भन्ने सन्देश दिन यस्ता कार्यको थालनी गरेको बताएका छन।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस