‘जितगढी उत्सवमा पुर्वप्रधानमन्त्री प्रचण्डलाई अतिथि बोलाउनु गलत’

बुटवल । जितगढीमा भारतीय सेनालाई परेड खेलाउन जग्गा दिने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जितगढीको विजयोत्सवमा अतिथि बोलाउनु बुटवल उपमहानगरपालिका गलत भएको नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले बताएका छन ।

बुटवलस्थित रेडियो मुक्तिको ‘समय सन्दर्भ’ कार्यक्रममा अध्यक्ष वासीले अङ्ग्रेजसँगको लडाईं जितेको खुशीयालीमा पाल्पामा भगवती जात्रा मनाएजस्तै युद्ध जितेको स्थान बुटवलमा पनि विजयत्सोव मनाउन नेपाल मजदुर किसान पार्टीसमेत बुटवल उपमहानगरपालिकाको दलीय संयन्त्रले विजय दिन पहिचान गर्न अध्ययन समिति बनाएको स्पष्ट पारे ।

अध्ययन समितिले सिफरिस गरेको बैशाख ७ गते विजयोत्सव मनाउन नगरपालिकाले निरन्तरता दिनुलाई स्वागत गर्दै अध्यक्ष वासीले जितगढीको शानमाथि आक्रमण गर्ने भारतीय सेनाको क्याम्प राख्न जग्गा दिने प्रचण्ड देशद्रोही हो भने ।

एमाले र माओवादीले कम्युनिष्टको नाममा कम्युनिष्टहरुकै बदनाम गरिरहेको चर्चा गर्दै अध्यक्ष वासीले ओली सरकार भारतीय एकाधिकार पुँजी, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादीहरुको इशारामा चलिरहेको दाबी गरे ।

अध्यक्ष वासीले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही बाटोमा डोर्याउन व्यापक कामदार जनतालाई सैद्धान्तिक रुपमा सचेत र सङ्गठित बनाउन मजदुर दिवस मनाउने बताए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस