बिप्लवको बन्दको प्रभाव

बुटवल । आज (बिहिबार) विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । विप्लव नेतृत्वको नेकपाले प्रहरीले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै आज बन्द आव्हान गरेको हो ।

बन्दको कारण विहानैदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन । बजार पनि ठप्प छ ।
सडकमा फाट्टफुट्ट निजी सवारी साधनहरु चलेका छन भने सर्वसाधारणको आवतजावत पनि अत्यन्त पातलो छ ।

सडकमा बन्द आव्हानकर्ता नदेखिएपनि चोक चोक प्रहरीले सतर्कता बढाएको छ । रुपन्देहीको कोटिहवा स्थित टाईगर प्यालेस होटल जाने बाटोमा संकास्पद वस्तु भेटिएपनि वस्तुलाई डिस्पोज गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस