फोरम-राजपा एकता प्रयास

काठमाडौं  । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच एकताका लागि अनौपचारिक छलफल सुरु भएको छ ।

पार्टी एकताका लागि दुवै दलले बनाएका वार्ता समितिले अनौपचारिक छलफल सुरु गरेका हुन । फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा महासचिव रामसहाय यादव, रकम चेम्जोङ, महेन्द्र थापा, मोहम्मद इस्तियाक राई र प्रकाश अधिकारी रहेको ६ सदस्यीय वार्ता समिति बनाएर राजपालाई औपचारिक पत्र पठाएको थियो ।

फोरमको पत्रपछि राजपाले अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । समितिमा वृशेषचन्द्र लाल, केशव झा, रमेश यादव, सुनील रोहित सदस्य छन् । राजपाले औपचारिक रूपमै चैतमा फोरमलाई पत्रको जवाफ पठाइसकेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस