‘जनता ओली सरकारबाट मुक्ति चाहन्छन’

टीकापुर । नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारबाट मुक्ति चाहेको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन।

देउवाले कांग्रेस कैलाली क्षेत्र नं १ ले टीकापुरमा निर्माण गरेको विपी स्मृति भवनको हिजो (मंगलबार) उद्घाटन गर्दै ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई आजित पारेको आरोप लगाए । उनले विगतका सरकारले गरेका कामलाई समेत आफै गरेको भन्दै वर्तमान सरकारले जनतालाई ढाँट्ने गरेको बताए।

उनले वर्तमान सरकारका गतिविधि प्रेस र वाक् स्वतन्त्रता विरुद्ध भएको बताउँदै सरकार हस्तक्षेपकारी ढंगले अघि बढेको बताए। उनले वर्तमान सरकार जनताका हकअधिकार हनन् हुने गरी अघि बढेको बताउँदै सरकार जनताका इच्छाविपरीत चलेको बताए।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले डल्लो बजेटको प्रावधान ल्याएर वर्तमान सरकारले भ्रष्टाचार गरेको समेत उल्लेख गरे।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस