गाउँपालिकाको अनियमित र संस्थागत भ्रष्टचार बिरुद्ध सचेतना अभियान

कञ्चन । कञ्चन गाउँपालिकामा जनताको अमूल्य भोट पाएर जनताको प्रतिनिधी बनेकाहरुले बिकासको नाममा भडिकलो र रवाफिलो जिवन शैलीका लागी कर्मचारी र ठेकेदारहरु संग मिलेर संस्थागत भ्रष्टचार गरेको भन्दै कञ्चन गाउँपालिकामा क्रियाशिल बिभिन्न राजनैतिक दलहरुद्धारा जनता बिच सचेतना कार्यक्रमको शुरुवात गरेका छन।

नेपाली कांग्रेस,राष्ट्रिय जनमोर्चा,राष्ट्रिय जनमुक्ति पार्टी र नया शक्ती पार्टीको संयुक्त कार्यदल गराई बिरोध स्वरुप कार्यक्रम गरेका हुन।

रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन–४ गरगरेको सभाहलमा एक कार्यक्रम गरी शुरुवात गरिएको सचेतना कार्यक्रमको औचित्य र आवस्यकताबारे कार्यदलको धारणा राख्दै राष्ट्रिय जनमोर्चाका दिपक पौडेलले जनप्रतिनिधीहरुले पोषाक पहिरिने अधिकार कहाबाट प्राप्त गरेका छनरुगाउपालिकाबाट संचालन गरिने तालिम,कुनै गोष्ठी तथा कार्यक्रमहरुको जे जति खर्च हुने हो त्यसको मात्र बिल भपाई नबनाई मुल्य बढाएर किन बिल भर्पाइ बनाइन्छ ? यस्तो कार्य सरासर बैमानी र संस्थागत भ्रष्टचार हो,यो नै गाउपालिकाका जनप्रतिनिधीहरुले गरेको अनियतिता हो यस्ता जघन्य र अपराध गरेका जनप्रतिनिधी र कर्मचारीहरुलाई कार्वाही गर्नु पर्नेमा जोड दिएका छन।

उनले भने जनताले सकी नसकी गाउपालिकामा कर तिरेका छन तर त्यै करमा ऐन बिपरीत कही नभएको जात्रा हाडी गाउमा भनेझै पोषाक खरिद गर्ने, भर्मण जाने र भर्मण जादा होटल तथा ब्यबसायिहरुबाट खुद मुल्य भन्दा बडीको बिल भपाई बनाई कमिसन खाने,बिलासीको गाडी खरिद गरी चरम रुपमा करको दुरुपयोग गरेकोले बिरोधका कार्यक्रम गर्नु परेको बताएका छन।

महालेख परिक्षकले स्पष्ट किटान गरेको छ कि जनप्रतिनिधीहरुको लागि पोषाक खरिद गर्न कुनै पनि नीति र ऐन नभएकोले पोषाक खरीदका लागि जन प्रतिनिधीहरुलाई दिइएको प्रति ब्यक्ति ७५०० रुपैया फिर्ता गर्नु पर्छ भनेर तर तर ऐन बिपरीत अनेक शिर्षकहरुमा बढी मुल्यको बिल बनाएर गाउपालिकामा संस्थागत भ्रष्टचारले जरा गाड्न लागिरहेकोले खबरदारी स्वरुप सचेतना अभियान संचालन गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका उम बहादुर थापाले बताउनु भएको छ।

यसैगरी जनताले तिरेको करबाट संकलित राजस्व नियम संगत बैंकमा दाखिला नगरी कर्मचारीहरुले नियम बिपरीत ब्यक्तिको नाममा बेरुजु देखिनु पनि कानुनी रुपमा भ्रष्टचार भएको भन्दै कागज पत्र मिलाएर जनताको करमा रजाई त कति गरेका छन तर कागज पत्र देखाउन नसकेर बेरुजु भएको रकम ५लाख ७७ हजार ५६ रुपैया र जनप्रतिनिधी र कर्मचारी मिलेर ५६लाख ६२ हजार ७ सय ७२ रुपैया अनियमित गरी जनताले तिरेको करमा भ्रष्टचार गरेकोले जनता माझ गाउपालिकाको असली रुप प्रस्तुत गर्नु परेको थापाले बताएका छन ।

यस्तै नेकपा क्रान्तीकारी माओबादीका के जी कुमार पौडेलले चुनाबका बेला लालपुर्जा दिने,बिकासको मुहान खोल्छौं,सुख्खा खेती योग्य जमिनमा सिंचाईको ब्यबस्था गरी उत्पादन बृद्धि गर्छौ भनेकाहरुले बिकासको नाममा कमिसन खाने र जनतालाई लागत सहभागितको नाममा रकम असुलेर त्यै रकममा देखावती अनुगमन गरी भत्ता खाने जस्ता अब्यबहारिक र भ्रष्ट नियतले काम गरिरहेकोले खवरदारी गर्नु हरेक कञ्चन बासीको कर्तब्य हो भन्दै कम्युनिष्ट सरकारले कम्युनिष्टको न्युनतम सिद्धान्तको पनि पालना नगरेको बताएका छन।

कार्यदलका संयोजक यम बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सोमनाथ पौडेलले गरेका थिए ।कार्यदलले गाउपालिकामा अनियमित र संस्थागत भ्रष्टचार भएको भन्दै गत फागुन १३ गते गाउपालिकाका अध्यक्ष र प्रशासकिय प्रमुख कृष्ण प्रसाद पन्थीलाई ज्ञापन पत्र बुझाएको थियो भने गत चैत्र २१ र २२ गते कञ्चनको बिभिन्न स्थानहरुमा कोणसभाको आयोजना गरेको थियो ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस