‘ओली सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको छ’

कञ्चनपुर । वर्तमान ओली नेतृत्वको सरकारले एक वर्षमा एउटा पनि राम्रो काम नगरेको कांग्रेस सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले टिप्पणी गरेका छन ।

मंगलबार प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारले हत्या, हिंसा, बलात्कारका घटना न्यूनिकरण गर्न नसकेको समेत बताए । ‘निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन’ देउवाले भने, ‘सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको छ ।’

सरकारले विदेशीको घुडा टिकेर काम गरिरहेको आरोप लगाउँदै देउवाले चिनियाँ कम्पनीलाई बिना प्रतिस्पर्धा ठेक्का दिएकोप्रति रुष्टता प्रकट गरे ।

सभापति देउवाले स्थानीय सरकारले जनतालाई अत्यधिक करको भार थुपारेर अनावश्यक दुख दिएको टिप्पणी गरे । सभापति देउवाले सरकारले वार्ताका माध्यामबाट नेकपा विप्लवलाई सहमतिमा ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

गुट उपगुट कम्युनिस्टमा पनि रहेको बताउँदै सभापति देउवाले पार्टीमा अन्तर्घात गर्नेमाथि कार्बाही गरिने चेतावनी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस