प्रधानमन्त्री निवास अगाडि विवेकशीलको प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ। विवेकशील साझ पार्टीले सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेको हो।

प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाले कब्जा गरी अपचलनमा परेको समाचार बाहिर आएपछि त्यसको विरोध र अब उपरान्त कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रदर्शन गरिएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल लगायत ठूलाबडाले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो।

प्रवक्ता आचार्यले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न सरकारलाई दबाव दिइएको बताए। प्रदर्श को क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ? सिंहदरबार जता छ’ लेखिएको प्ले कार्डहरु प्रर्दशन गरिएको थियो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस