‘सरकारले सबैतिर हस्तक्षेप गर्यो’

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नेपाली सेनादेखि हरेक क्षेत्रमा हस्तक्षेप गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन।

सरकारबाहिर रहेका दलसँग आबद्ध ११ विद्यार्थी संगठनले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गर्दै मुलुकमा अराजकता फैलाइरहेको आरोप लगाएका हुन।

संवैधाषद्देखि नेपाली सेनामा समेत सरकारको हस्तक्षेप बढिरहेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्रीले नै सेना परिचालन गर्न पाउने अधिकारसहितको सुरक्षा परिषद्सम्बन्धी विधेयक कांग्रेसलाई मान्य नभएको बताए।

उनले नेपाली सेना कसैको नोकर नभएको जनाउँदै प्रधानमन्त्रीले भन्नेबित्तिकै परिचालित हुनुपर्ने बाध्यता नरहेको जिकिरसमेत गरे।

सरकारको यसतो गलत प्रवृत्ति कायमै रहे सडक र सदनबाट आन्दोलन थाल्ने बताउँदै देउवाले ओली नेतृत्वको सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्नुको सट्टा संरक्ष्ण गरिरहेको आरोप लगाउँदै देउवाले महँगी, अराजकता र कर बढाउने काममात्र सरकारले गरेको दाबी गरे।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस