‘सरकार असफल भयो’

भैरहवा । पुर्व सांसद एवं नेपाली कांग्रेसका महासमिति सदस्य ईस्तियाक अहमद खाँनले महंगी, कालोबजारी, भ्रष्टाचार, शासन कायम गर्न बर्तमान सरकार असफल भएको जिकीर गरेका छन ।

नेपाली कांग्रेस सुद्धोधन गाउपालिका समन्वय समितिले शुक्रवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता खाँनले बर्तमान सरकार जनतालाई उच्च महत्वकांक्षा देखाउदै सत्तामा गएको भए पनि अहीले आएर सिमीत स्वार्थमा केन्द्रीत हुँदा जनताका आकांक्षा पुरा हुन नसकेको बताए ।

कञ्चनपुरकी किसोरी निर्मला पन्तको बलत्कार पछिको हत्या, वाईड बडी प्रकरण, संवैधानीक आयोगहरुमा बिपक्षीलाई गरीएको ब्यबहार, प्रदेस पाँच सरकारको गाडी खरीद प्रकरण जस्ता उदाहरण दिदै उनले बर्तमान सरकारबाट सम्बृद्धीको अपेक्षा गर्नु मुर्खता पुर्ण हुने टिपपणी गरे ।

गणितीय रुपमा कांग्रेस कमजोर देखीए पनि जनतामा कांग्रेसप्रतिनै विस्वास भएकाले एक जुट भएर अगाडी बढ्न उनले कार्यकर्तालाई आग्रह समेत गरे ।

हरेक परीर्वतन कांग्रेसकै नेतृत्वमा भएको उदाहरण दिदै उनले अब मुलुकलाई सम्बृद्धी तर्फ लैजान पनि कांग्रेसको बिकल्प नभएको बताए ।

प्रदेस सभा सदस्य पार्वती चौधरीले धेरै समपना देखाएर सत्तामा पुगेको नेकपा छोटो समयमै जनतामाझ उदागों भएको टिप्पणी गर्दै आगामी दिनमा कांग्रेसले आफ्ना बिगतका कमजोरी सच्चाएर अगाडी बढ्नु पर्ने बताईन ।

बर्तमान सरकार दुईतीहाईको आडमा निरंकुशता तर्फ अगाडी बढेको भन्दै उनले मुलुका लामो समयको सघर्ष पछि प्राप्त उपलब्धीको रक्षाकोलागी सवै चनाखो हुनु पर्ने बेला आएको बताईन ।

समन्वय समितिका सभापति शेर बहादुर काफ्लेको सभापत्वि, दामोदर पौडेलको स्वागत एवं नन्दु क्षेत्रीको सचांलनमा भएको कार्यक्रममा महासमिति सदस्य भगवती चौधरी, क्षेत्रीय सभापति पृथ्वी फौजदार, मातृका यादव, जिल्ला सदस्य शिवराम न्यौपाने, महाधिवेसन प्रतिनीधी भरथरी यादव, लगायतले बालेका थिए ।

सो अवसरमा स्थानीय स्तरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान समेत गरीएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस