कर्मचारीको उमेर हद ६० वर्ष कायम

काठमाडौं । निजामती कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिने भएको छ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको हो।

अहिले उमेर हद ५८ वर्ष छ। विधेयक संसद्मा दफावार छलफलको अन्तिम अवस्थामा पुगेको छ। २०२१ सालपछि जन्मेका कर्मचारीको हकमा मात्रै उमेर हद ६० वर्ष लागू हुनेछ। त्यसअघि जन्मिएका कर्मचारी हकमा भने विधेयकमा जुनसुकै लेखिएको भए कर्मचारीले उमेरहदका कारण अनिवार्य अवकाश पाउनेछन्।

स्वास्थ्य सेवाको उमेर हद भने अहिले पनि ६० वर्ष छ। यो खबर अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस