कर्मचारी चयनमा राजनीतिक नियुक्तिको असर

लुम्बिनी  । बुद्ध जन्मस्थललाई विश्वकै शान्ति केन्द्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । यो खबर कान्तिपुर दैनिकमा माधव ढुंगानाले लेखेका छन् ।

कोषमा कर्मचारी छनोटको विकृति डेढ दशकअघि सुरु भएको स्थानीय सरोकारवाला बताउँछन् । उनीहरूका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् ।

कर्मचारी नियुक्ति गर्दा ऐन, विनियमावलीलाई बेवास्ता गर्ने गरिएको छ ।

यहाँ नियुक्त कर्मचारीको ध्यान लुम्बिनी क्षेत्रको विकास, रेखदेख र भलाइभन्दा शक्ति केन्द्र रिझाउनतिर हुने गरेको छ । पदाधिकारीमा हुने राजनीतिक नियुक्तिको असर कर्मचारी चयनमा पर्ने गरेको हो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस