औषधिमा स्वदेशी उत्पादनलाई जोड

काठमाडौँ । नेपालमै पर्याप्त उत्पादन हुने औषधि विदेशबाट आयात भइरहँदा ‘औषधि उत्पादन गरी आत्मनिर्भर हुने’ नीति कार्यान्वयनमा समस्या देखिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

सरकारले स्वदेशमा उत्पादन हुने औषधिको आयातमा रोक लगाई आत्मनिर्भर हुने नीति लिएको छ तर नीति कार्यान्वयन नहुँदा औषधि उत्पादनका क्षेत्रमा भएको २५ अर्ब रुपियाँ जोखिममा परेको छ ।

सरकारले गत वर्षको बजेट वक्तव्यमा नेपाललाई औषधि उत्पादनको क्षेत्रमा आत्मनिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो ।

समृद्ध नेपाल निर्माणमा सरकारले औषधि उत्पादनका क्षेत्रमा लिएको नीतिले नेपालमा औषधि उत्पादन गर्दै आएका उद्योगी खुसी भएका थिए । तर सरकारको यो नीति कार्यान्वयन हुन नसकेको औषधि उत्पादकहरूको गुनासो छ ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपकप्रसाद दाहालले भन्नुभयो, “स्वदेशी औषधि प्रवद्र्धन नगर्दा यस क्षेत्रमा रहेको ठूलो लगानी जोखिममा छ ।’’ नेपालमा सञ्चालित ५५ वटा औषधि कम्पनीमा २५ अर्ब रुपियाँ लगानी छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस