चार शिक्षकको भरमा क्याम्पस

रोल्पा । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको छ।

सुन्दा पत्याउनै नसकिने रहे पनि त्रिवेणी गाउँपालिका जुगारमा रहेको यो क्याम्पसमा जनसंख्या र स्वास्थ्य दुवै विषयका शिक्षक छैनन्। एकजना क्याम्पस प्रमुख अंग्रेजीका फुलटाइम शिक्षक हुन् भने बाँकी तीनजनाले पार्टटाइम नेपाली पढाउँछन्।

प्रथम वर्षमा ४९, दोस्रो वर्षमा ३२ , तेस्रो वर्षमा ३८ र चौथो वर्षमा २१ जना विद्यार्थी भर्ना भए पनि शिक्षक अभावका कारण यहाँ दैनिक आउने विद्यार्थीको संख्या मुस्किलले दस÷बाह्रजना मात्र हुन्छ। क्याम्पस प्रशासनका अनुसार सबै विद्यार्थी नियमित आउँदैनन्। ‘जनसंख्या विषयमा थोरै मात्र विद्यार्थी भर्ना भएका छन्। उनीहरू नियमित नआउने भएकाले शिक्षक नै नराखेको हो।

स्वास्थ्य पढ्ने अधिकतर विद्यार्थी कि कर्मचारी कि अन्य पेसा–व्यवसायमा व्यस्तहरू छन्,’ क्याम्पस प्रमुख गोपिन्द्रबहादुर केसीले भने, ‘क्याम्पस आर्थिक सकसमा छ। पर्याप्त शिक्षक नियुक्ति गर्न सक्ने अवस्था छैन। ’यो खबर आजको नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका छन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस