फेरि सर्यो कांग्रेस केन्द्रिय समिति बैठक

काठमाडौं । बुधवारको लागि डाकिएको कांग्रेस केन्द्रिय समिति बैठक आइतवारसम्म सरेको छ ।

अन्तरिम संरचना गठन गर्न आवश्यक निर्देशिकाबारे शीर्ष नेताबीच थप छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको कांग्रेसले जनाएको छ ।

यही साउन १७ गते बसेको बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिने निर्णय गरेको थियो ।- नेपाल समाचारपत्र

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस