अन्तरिम संरचना गठन गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर मसान्ताभित्र पार्टीको अन्तरिम संरचना गठन गर्ने निर्णय गरेको छ।

केन्द्रीय समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो।

अन्तरिम संरचना कुन विधि र प्रक्रियाबाट गठन गर्ने भन्नेमा नेताहरुबीच सहमति भने जुट्न सकेको छैन। यसका लागि २२ गते बस्ने केन्द्रीय समिति बैठकमा निर्देशिका बनाएर पेस गर्ने सहमति भएको छ।

अन्तरिम संगठन निर्माण विधि र प्रक्रियासहितको निर्देशिका बनाएर अघि बढ्ने सहमति भएको जानकारी केन्द्रीय सदस्य रामकृष्ण यादवले दिए।

पार्टी नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पेस नगरी केन्द्रीय समिति बैठक अघि बढ्न नसक्ने अडान राखेपछि बुधबारको बैठकले उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालाई अन्तरिम संरचना गठन र १४औं महाधिवेशनबारे प्रस्ताव ल्याउन जिम्मेवारी दिएको थियो। तर, शुक्रबारको बैठकले मंसिरभित्र अन्तरिम संरचना गठन गर्ने र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशनको मिति र कार्यतालिका तोक्ने निर्णय गरेको छ।-   नागरिक दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस