ठूला पुलको बोलपत्र मस्यौदा तयार

काठमाडौं । ठूला र सहर नजिकका नदीमा ‘डिजाइन एन्ड बिल्ड’ मोडालिटीमा बन्ने पुलको स्तरीय बोलपत्रको मस्यौदा तयार भएको छ।

डिजाइन एन्ड बिल्ड मोडालिटीमा पुलको डिजाइन गर्नेले निर्माण ठेक्का पाउँछ। यो मोडालिटीमा निर्माण गर्दा डिजाइनको जटिलताका कारण हुने ढिलासुस्तीको अन्त्य हुने सरकारको विश्वास छ।

डिजाइन एन्ड बिल्डका लागि स्तरीय बोलपत्रको मस्यौदा तयार गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक प्रभावकुमार झाले जानकारी दिए।

डिजाइन एन्ड बिल्ड मोडलबाट नेपालमा २०६५ सालदेखि पुल बनाउन सुरु गरिएको थियो।

बोलपत्रको मस्यौदा अनुमोदन भइसकेको छ। स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवालयमा पेस गरिसकिएको छ।- अन्नपूर्ण पोस्ट

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस