२८ जिल्लामा सरुवा रोगको जोखिम

काठमाडौं । अविरल वर्षाबाट प्रभावित २८ जिल्लामा पिउने पानीको स्रोत दूषित भएका छन्।

बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिसँगै सरुवा रोगको जोखिम देखिएको चिकित्सकले बताएका छन्।

स्वास्थ्य सेवा विभाग, महामारी व्यवस्थापन शाखा प्रमुख डा. प्रकाश शाहले सरुवा र किटजन्य रोगको जोखिम रहेको बताए। झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, हेपाटाइटिसलगायत सरुवा रोगको जोखिम रहेको उनले बताए।

तराईका जिल्लामा लामखुट्टेका कारण औलो, डेंगी, कालाजार, चिकनगुनियालगायत कीटजन्य रोगको उच्च जोखिम रहेको छ।

डुबानमा रहेका बस्तीमा दूषित पानीले सरुवा रोगको संक्रमण हुनसक्ने चिकित्सकहरू बताउँछन्।-अन्नपूर्ण पोस्ट

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस