राहत र उद्धारमा एकद्वार प्रणाली

काठमाडौँ। सरकारले बाढी, पहिरो र वर्षा पीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमा काम गर्ने निर्णय गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्देशनमा शनिबार सिंहदरबारमा बसेको बैठकले राहत, प्रतिकार्य र पुनःलाभका कार्यमा एकद्वार प्रणालीमा काम गर्ने निर्णय गरेको हो ।

त्यसका लागि विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजकत्वमा विषयगत क्षेत्रको बैठक बसी विपद्ले पुर्याएको क्षति, खोज एवं उद्धार, राहत, प्रतिकार्य र पुनःलाभका लागि सरोकारवालालाई सक्रिय गराउने निर्णय गरिएको छ ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा सामूहिक आवश्यकता पहिचान गरी कार्य अगाडि बढाउने निर्णय भएको छ । त्यसअनुसार रेडक्रस, गैरसकारी निकाय, जिल्ला, स्थानीय तहका विपद् व्यवस्थापन समितिले आपसी समन्वयमा काम गर्नुपर्नेछ ।- गोरखापत्र दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस