बाढी पहिरोले ३९ को मृत्यु, ३३ बेपत्ता

काठमाडौं ।  बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ । कम्तीमा ३३ जना बेपत्ता भएका छन्।

राजमार्ग डुबाउँदा र कतिपय पुल भत्काउँदा आवागमन अवरुद्ध भएको छ।

समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ। बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटे पनि रोकिएको छैन। यसले बाढीपहिरो आउने क्रम जारी छ।

बाढीपहिरोमा ललितपुरमा ६, भोजपुरमा ५, काठमाडौंमा ३, इलाममा १, झापामा ३, ओखलढुंगामा २ र सुनसरीमा १ जनाको मृत्यु भएको छ। बारा, पर्सा र सप्तरीमा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, दाङमा १, चितवनमा १, पाल्पामा १ र डोल्पामा १ जनाको निधन भएको छ।- अन्नपूर्ण पोस्ट

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस