भारतीय बाँधले नेपाली बस्ती डुबानमा

(सप्तरी), (रौतहट), (पर्सा) र (बाँके) । सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्‍याएको अवरोधले नेपाली भूभाग डुबानमा परेको छ ।

भारतीय पक्षले सप्तकोसीको बहावलाई नियोजित रूपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय परिवार विस्थापित भएका छन् ।

बहाव फर्काइएका कारण कोसीको पानी ओभरफ्लो हुन थालेको छ । पश्चिमी तटबन्ध भत्किने जोखिम बढेको छ । आफ्ना भूभागको बस्ती जोगाउन भारतीय पक्षले ४ वर्षयता एकतर्फी रूपमा पाइलट च्यानल बनाएको हो ।

दसगजाभित्र एकतर्फी रूपमा भारतले बनाएको बाँधका कारण रौतहट सदरमुकाम गौर जलमग्न भएको छ । शुक्रबार रातिदेखि नै गौर बजार क्षेत्र ५ देखि ७ फिटसम्म डुबानमा परेको छ । कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस