बैंकर र व्यवसायी छुट्ट्याउने नीति

काठमाडौँ  । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्ट्याउने नीति लिने भएको छ ।

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाले वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा यस्तो नीति ल्याउन लागिएको राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताए ।

कान्तिपुर दैनिकले शुक्रबार राजधानीमा गरेको ‘मौद्रिक नीति विशेष अन्तर्क्रिया’ मा उनले भने, ‘बैंकर र व्यवसायी छुट्ट्याउने व्यवस्थाको तयारी भएको छ । एउटै व्यक्ति बैंकर र व्यवसायी हुँदा स्वार्थ बाझियो ।’ एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गरेकै कारण नेपाली वित्तीय क्षेत्रमा सुशासन बिग्रिँदै गएको बैंक अफ काठमान्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बताए ।-कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस