सेना र सशस्त्रको उद्धार टोली

काठमाडौँ । नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिमा परेकाको उद्धार गर्न जनशक्ति र साधनस्रोत परिचालन गरेकोे छ । पहिरो र बाढीमा परेकाको उद्धार गर्न सेनाको टोली खटिएको छ ।

विपद् व्यवस्थापन एक नम्बर गण काठमाडौँ र पूर्वी नेपालको विपत्मा परेकाको उद्धारका लागि तयारी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । नम्बर २ विपद् व्यवस्थापनले चितवनदेखि पश्चिमका क्षेत्र हेर्नेछ । तालिमप्राप्त जनशक्ति सातै प्रदेशको आठवटा पृतनामा आपत्कालीन उद्धार टोली तयारी अवस्थामा छ । जिल्लास्तरमा गण रहेका स्थानमा १०४ र गुल्म रहेको स्थानमा ३० जनाको उद्धार टोली तयार छ ।

सेनाको १४ नम्बर इन्जिनियर बाहिनी विपद्का लागि काम गरिरहेको छ । राजमार्ग भत्किएमा तुरुन्तै उद्धार गर्न र बाटो खुलाउन पाँचवटा एक्रोब्रिज तयार रहेको पाण्डेले बताउनुभयो ।- गोरखापत्र

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस