कमसल कस्मेटिक सामान बेचे ३ महिना कैद

काठमाडौँ । मापदण्डविपरीतको गुणस्तरहीन लिपिस्टिक बिक्री गर्न र आयात गर्न नपाइने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको गुणस्तर तथा नापतौल विभागले तयार पारेको लिपिस्टिक, स्किन क्रिम र स्किन लोसनको मापदण्ड तयार गरी गुणस्तरहीन लिपिस्टक वितरण गर्नेलाई तीन महिना कैदको व्यवस्था गरेको हो ।

हालै बसेको बैठकले नेपाल गुणस्तर परिषद्ले सो मापदण्ड स्वीकृत गरेको हो । बजारमा स्वास्थ्यलाई हानी पुग्ने कमसल कस्मेटिक सामान बिक्री हुने गरेको फेला परेपछि त्यसलाई नियन्त्रण गर्नका लागि विभागले मापदण्ड तयार गरेको हो । विभागका अनुसार स्वीकृत मापदण्डविपरीत र मापदण्डभन्दा बढी परिमाणमा रसायन मिसाइएको गुणस्तरहीन लिपिस्टिक, स्किन क्रिम र स्किन लोसन बिक्री गरे व्यापारीलाई तीन महिनाको कैदसहित पाँच हजार जरिवाना गराउने व्यवस्था गरिएको छ ।- कारोबार दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस