विकास प्रगतिको समीक्षा आरम्भ

काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ सकिनै लाग्दा सरकारले चालू आर्थिक वर्षको विकास प्रगतिबारे समीक्षा आरम्भ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयहरूको प्रगति विवरण लिन थाल्नुभएको छ । यो क्रम शुक्रबार पनि चल्ने छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्रीसमक्ष पेस गरियो ।

सम्बन्धित मन्त्रालयका सचिवहरूले चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले जानकारी दिनुभयो ।-गोरखापत्र

(तस्बिर: गोरखापत्रबाट)

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस