निःशुल्क जस्तापाता वितरण

प्युठान । स्वर्गद्वारी नगरपालिकाले नगर क्षेत्रका अग्निपीडितलाई निःशुल्क जस्तापाता वितरण गरेको छ ।

नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले नगरभित्रका १७ अग्निपीडितलाई जस्तापाता हस्तान्तरण गरेका हुन् ।

वडा नम्बर १ का दुनबहादुर घर्ती, वडा २ का तिलक रोका, टोपबहादुर रोका, कुलबहादुर रोका, हरिबहादुर रोका, वडा ३ का केशरबहादुर घर्ती, पहलबहादुर खत्री, रमेश रोका, ताराबहादुर कवर, गोपालबहादुर घर्ती, सोनु सुवेदी, रमेश खत्रीलाई जस्तापाता वितरण गरिएको छ ।

त्यसैगरी, वडा ६ का शिवलाल पुन, सनबहादुर घर्ती, वडा ७ का दामबहादुर, लालबहादुर पुन र वडा ९ का चुमा सार्कीलाई जस्तापाता वितरण गरिएको छ ।

केही पीडितलाई निर्माणकार्य सुरु गरेपछि उपलब्ध गराइने भएको छ । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस