राष्ट्रिय परीक्षा बोर्डमा मन्त्रालयको अंकुश

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले राज्यमन्त्रीसरह सेवासुविधा लिँदै आएका छन्। उनले अब भने नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव)सरह मात्र सुविधा पाउनेछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली जारी गरी आफूखुसी निर्णयमा रोक लगाएको छ।

बोर्डले कक्षा १०, ११ र १२ को वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्दै आएको छ। बोर्ड शिक्षा ऐनअनुसार सञ्चालन भए पनि आफूखसी निर्णय गर्दै सुविधा लिने गरेको गुनासो बढेको थियो। त्यसपछि नियमावलीमार्फत मन्त्रालयले अंकुश लगाएको हो।

यसअघि बोर्ड अध्यक्षलाई कति सुविधा दिने भन्ने कतै स्पष्ट व्यवस्था थिएन।- अन्नपूर्ण पोस्ट

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस