घट्यो सिमेन्ट आयात

काठमाडौँ । चालू आर्थिक वर्ष (२०७५/७६) को १० महिनामा सिमेन्ट आयात ४९ प्रतिशतले घटेको छ । सरकारले सिमेन्टमा आत्मनिर्भर बन्ने लक्ष्य लिइरहेका बेला आयात घट्नुले देशमै उत्पादन वृद्धि भएको संकेत गरेको हो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० महिनाको वैदेशिक व्यापार तथ्यांकले गत वर्षको सोही अवधिको भन्दा  ४९.१ प्रतिशतले आयात घटेको देखिएको हो । चालू वर्षको १० महिनामा १२ अर्ब १४ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा सिमेन्टजन्य पदार्थ आयात भएको छ भने गत वर्षको सोही समयमा २३ अर्ब ८८ करोडको सिमेन्ट आयात भएको थियो ।

यता, सरकारले आगामी वर्ष २०७६/७६ को नीति तथा कार्यक्रममा सिमेन्टलाई निर्यातको प्रमुख वस्तु बनाउने घोषणा गरिसकेको छ । तर, प्रमुख कच्चा पदार्थका रूपमा रहेको क्लिङ्करमा अझै मुलुक आत्मनिभर बन्न सकिरहेको छैन ।-कारोबार दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस