द्धन्द्धका घाइतेहरूको सरकारले स्वास्थ्य बिमा गर्ने

काठमाडौं । दशवर्षे सशस्त्र द्धन्द्धका घाइतेहरूको सरकारले स्वास्थ्य बिमा गरिदिने भएको छ । उनीहरूको उपचारको प्रक्रिया झन्झटिलो भएपछि स्वाथ्य बिमामार्फत उपचार गर्न लागिएको हो ।

गृह मन्त्रालयका अनुसार द्धन्द्धका घाइतेको संख्या १३ हजार दुई सय ७८ छ । उनीहरूको उपचार खर्च सरकारले व्यहोर्दै आएको छ ।

सरकारी अस्पतालमार्फत निःशुल्क उपचार हुँदै आएकामा त्यो प्रक्रिया सरकार र घाइते दुवैलाई झन्झिटिलो भएकाले पनि बिमा गर्न लागिएको हो ।

स्वास्थ्य बिमा पाउनेमा तत्कालीन विद्रोही पक्ष, सुरक्षाकर्मी, कर्मचारी र सर्वसाधरण छन् । सबै घाइतेको बिमाको प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयका उपसचिव विश्वराज न्यौपानेले बताए ।  नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस