नेपाल र युएईबीच पुनः श्रम समझदारी

काठमाडौं । नेपाल र युएईबीच पुनः श्रम समझदारी भएको छ । नयाँ श्रम समझदारीअनुसार कामदार छनोट र भर्ना प्रक्रियामा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले व्यहोर्ने छ ।

स्विट्जरल्यान्डको जेनेभामा भएको समझदारीपत्रमा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संसाधनमन्त्री नासेर थानी अल हम्लीले हस्ताक्षर गरे ।

नेपालले युएईसँग यसअघि सन् २००७ मा भएको श्रम समझदारी प्रतिस्थापन गर्दै नयाँ समझदारी गरेको हो । पहिले भएको समझदारीले बदलिँदो श्रम आप्रवासनको मान्यतालाई सम्बोधन गर्न नसकेको भन्दै दुई मुलुकबीच विकसित समझदारी गर्न दबाब बढेको थियो । नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस