ऋण काढेर पैसा बाँड्नु गलत : कांग्रेस

काठमाडौँ । कांग्रेस संसदीय दलले स्रोत जुट्ने भरपर्दो आधारबिना बजेटको आकार बढाइएको भन्दै आपत्ति जनाएको छ । ऋण काढेर बाँड्ने बजेटले मुलुकलाई दीर्घकालीन हित नगर्ने दाबीसमेत कांग्रेसले गरेको छ ।

संसदीय दलको बिहीबारको बैठकले बजेटले मुलुकलाई ऋणको भारमा पारेर घुमाइफिराइ आफ्नै कार्यकर्ता खुसी बनाउने प्रयास गरेको निष्कर्ष निकालेको छ । बजेट कार्यान्वयन नै हुन नसक्ने महत्त्वाकांक्षी भएको टिप्पणी कांग्रेसले गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघीयसंसद्को संयुत्त बैठकमा प्रस्तुत गरेको बजेटबारे पूर्वअर्थमन्त्री रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय गोविन्द पोखरेल र स्वर्णिम वाग्ले एवं अर्थविद् राजु नेपालसँग संसदीय दलको कार्यालयमा बिहीबार छलफल भएको थियो । उनीहरूले बजेटको बुँदागत विश्लेषण गर्दै संसद्मा उठाउनुपर्ने विषयमा सांसदहरूलाई सुझाव दिएका थिए । कान्तिपुर दैनिक

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस